गैरआवासीय नेपाली संघ जापान कान्तोले मे ८ तारिख बिबिक्यु कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान कान्तो क्षेत्रिय समितिको आयोजनामा यहि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम गर्ने भएको छ ।

लामो समयदेखी सामूहिक भेंटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन एनआरएनए कान्तो क्षेत्रिय समितिको आयोजनामा यहि मे महिनाको ८ तारिख आईतबार बिबिक्यु कार्यक्रम गर्न लागेको संघका संयोजक दिपेश केसीले बताउनु भयो ।
संघका उप-संयोजक सुरेश केसीको संयोजकत्वमा कान्तो क्षेत्रिय समितिले बिबिक्यु कार्यक्रम तय गरेको छ।

समितिले जापान स्थित विभिन्न संघ,संस्थाका प्रतिनिधि लगाएत सम्पुर्ण जापानबासी नेपाली दाजुभाई,दिदिबहिनीहरु लाई उपस्थितिको हुन अनुरोध गरेको छ ।

सो कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजे सम्म लाई नोबोरितो स्टेशन बाट ५ मिनेटको दुरीमा रहेको तामा रिभरमा हुने जानकारीसंयोजक सुरेश केसीले जानकारी गराऊनु भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया