मन्थली नगरपालिकाको गेलुमा कांग्रेस-माओवादीद्वारा निर्वाचन आचारसंहिता उलङ्घन

रामेछाप । निर्वाचन नजिकदै गर्दा स्थानीय स्तरमा निर्वाचन नियम बिपरित कार्यले प्रसय पाउन लागेको छ । रामेछापको मन्थली नगरपालिका १२ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मन्थली नगरपालिका वडा नम्बर ११ ले निर्वाचन आचारसंहिता उलङ्घन गरेको पाईएको छ ।

निर्वाचान आयोगले आचार संहितामा टिसर्ट, क्याप, पोस्टरलगायतका प्रचार सामग्री प्रयोग गर्न बन्देज लगाएको भएपनि गेलुका माओवादी र कांग्रेसले चुनाव चिन्ह अंकित टिसर्ट र पोस्टर, क्यालेन्डर लगाएत प्रचार सामग्री बनाएर घरदैलोमा निस्केको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनैपनि पार्टीको चुनाव चिन्ह प्रिन्ट गरिएको टिसर्ट, क्याप टोपी ठुलो पोस्टर लगायतमा बस्तु प्रयोग गर्न नपाउने उल्लेख छ । तर, गेलुमा माओवादीले गोलाकार भित्रको हँसिया हथौडा अंकित टिसर्ट लगाएरै कार्यकर्तालाई भोट माग्न खटाएको छ भने कांग्रेसले क्यालेन्डर, पोस्टर लगाएत सामग्री देखिन थालेको छ ।
मन्थली नगरपालिका १२ मा कांग्रेसबाट वडा अध्यक्षमा खिलेन्द्र खत्री र ११ मा माओवादीले भिमबहादुर थापामगरलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया