सामाजिक सुरक्षा भत्ता घर-घरमै भत्ता पुर्याउने रामहरि चौहानको घोषणा

मन्थली । स्थानीय चुनाव नजिकदै गर्दा नेकपा एमालेबाट मन्थली १० का वडा अध्यक्षका उम्मेदवार बनेका रामहरि चौहानले उक्त घोषणा गरेका हुन् ।
आफू वडा अध्यक्ष भएमा चनखुका मुख्य सडकखण्ड पिच तथा अन्य सबै शाखा बाटाहरु बाह्रै महिना चल्ने गरि ग्राबेल गर्ने र १२ कक्षासम्म नि-शुल्क शिक्षा बनाई सुन्दर चनखु बनाउने घोषणासहित प्रतिवद्धता व्यक्त गरेका हुन ।
प्रतिबद्दताहरु
१. मुख्य सडकखण्ड पिच तथा अन्य सबै शाखा बाटाहरु १२ महिनै चल्ने गरि ग्राबेल गर्नेछौ।
२. ८ कक्षासम्म उच्च स्तरीय प्रविधि सुबिधा सम्पन्न अङ्ग्रेजी माध्यमबाट निजी(बोर्डिङ) स्व-सरहको र १२ कक्षासम्म अनिवार्य र निशुल्क पठनपाठन, प्राविधिक, ब्याबसायीक एवम सीपमूलक गुणस्तरीय शिक्षा साथै आर्थिक बिपन्न परिवारका बिद्यार्थीहरुलाइ आधारभुत आवश्यकताको व्यवस्था गर्नेछौ।
३.सामाजिक सुरक्षा भत्ता पाउने बृद्दबृद्दालाइ सहकारी मार्फत घरघरमै भत्ता पुर्याउने ब्यबस्था गर्नेछु, दिर्घ रोगीलाइ वडाबाट भत्ताको ब्यबस्था गर्नेछु, ६५ वर्ष माथिका बृद्दबृद्दालाइ घरघरमै हरेक ६-६ महिनामा अनिवार्य स्वास्थ्य परिक्षणको ब्यबस्था गर्नेछु,सुत्केरी महिला तथा ७० वर्ष माथिका जेष्ठ नागरिकलाइ निशुल्क एम्बुलेन्स सेवाको ब्यबस्था गर्नेछु साथै आम नागरिकको स्वास्थ सुरक्षाका लागि ५०-५०% साझेदारीमा ५ वर्षभित्र स्वास्थ्य बिमा सम्पन्न गर्नेछौ।
४.स्वास्थ्य सस्थाको भौतिक र प्राबिधिक क्षमतामा बिकास गर्नेछु,हरेक वर्ष बहुद्देशिय स्वास्थ्य शिविर तथा हरेक ६-६ महिनामा सम्पुर्ण बिद्यार्थीहरुको र हरेक ६-६ महिनामा वडाबासी सम्पुर्ण नागरिकको स्वास्थ्य परिक्षण गर्ने ब्यबस्था गर्नेछौ।
५ .एक बहुद्देशिय वडा स्तरीय खेल मैदान तथा प्रत्येक टोलटोलमा अनिवार्य एकएक वटा खेल मैदान निर्माण गर्नेछौ।
६. तेत्तीसकोटि देवालयलाइ पर्यटकीय धार्मिक स्थलका साथै नमुना पार्क निर्माण गर्नेछौ।
७.सार्वजनिक,पुरातात्त्विक तथा धार्मिक सम्पदाहरुको संरक्षण एवम सम्बर्दन साथै स्थानीय कला, सस्कृती, परम्पराहरुको उत्थान एवम जगेर्ना र पार्टीपौवा, गुम्बा, मठमन्दिर, पार्क, बिश्रामालय आदिको निर्माण तथा संरक्षण गर्नेछौ।
८.विभिन्न प्रविधिको अवलम्बन गरि पर्याप्त खानेपानीको ब्यबस्था गर्दै एक घर, एक धारा अभियानलाइ अघि वढाउनेछु साथै किसानको खेतबारीमा आवस्यकता अनुसारको अनिवार्य पर्याप्त सिचाइको वयवस्था गर्नेछौ।
९.खाली जग्गाको उच्चतम उपयोग गरी कृषि तथा पशुपन्छी व्यवसाय दूध उत्पादन , मासु उत्पादन, विभिन्न किसिमका फलफुल तथा तरकारीहरु उत्पादन तथा अन्य नगदेबालीहरु उत्पादनका लागि प्राथमिकता साथ मल, बीउ, कृषि औजार, तालिम तथा अन्य सबैखाले आवश्यकताको सहजीकरण एवम प्रोत्साहन गर्नेछौ।
१०.युवा स्वरोजगारका लागि SEED MONEY, सहुलियत कर्जा तथा अनुदान, एक घर, एक टनेल कार्यक्रम, एक टोल एक महिला उधम कार्यक्रम एवम अन्य साना तथा घरेलु उधोग सन्चालन साथै स्थानीय सीप तथा कच्चा पदार्थको उच्चतम उपयोग गरि आवस्यकीय सहजीकरण गर्नेछौ।
११.विभिन्न सार्वजनिक स्थल तथा सडक छेउमा बृक्षारोपण, सामुदायिक वनको संरक्षण साथ बाँस तथा अम्रिसो खेतिमा प्रोत्साहन गर्नेछौ।
१२.पालिका स्तरीय नमुना बाँस उधोग सन्चालन गरि विभिन्न उत्पादित वस्तुको देशभर बजारीकरण गर्नेछौ।
१३. उत्पादित बस्तुको ब्रान्डिङ, संकलन तथा बितरण केन्द्र निर्माण, बजारीकरणको सुनिश्चितता तथा साप्ताहिक हाटबजारको ब्यबस्था तथा सम्पुर्ण ब्यबसायको ५०-५०% साझेदारीमा बिमाको ब्यबस्था गर्नेछौ।
१४. मुख्य सडकखण्ड तथा सार्वजनिक स्थलमा सौर्य उर्जाको ब्यबस्था साथै विभिन्न सार्वजनिक स्थलमा फ्री खानेपानी,फ्री वाइफाइ,फ्री बिधुतको ब्यबस्था गर्नेछौ।
१५.जन्मदर्ता, मृत्युदर्ता, बिबाहदर्ता, नाता प्रमाणित तथा अन्य अत्यावश्यक कागजात एवम सिफारिस होम डेलिभरिको ब्यबस्था गर्नेछौ।

फेसबुकबाट तपाइको प्रतिक्रिया