
रामेछाप । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिक आइरहदा मन्थली १२ को मत सर्वेक्षण सुरु गरेको छ । नेकपा (एमाले) रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ मा आगामी स्थानीय निर्वाचनको लागी वडा अध्यक्षको उमेदवार जोसिला युवा खुसहरि बुढाथोकीले वडा अध्यक्षमा ३०० मतान्तरले बिजयी नजिक पुगेको जनाएको छ ।
एमाले मन्थली १२ नगर कमिटीका अध्यक्षसमेत रहनु भएका बुढाथोकीलाई जीतको नजिक पुगेको हो । एमालेको गढ मानिने गेलूमा एमालेलाई हराउन खिलेन्द्र खत्री मैदानमा आएता पनि खुशहरीले पनि पराजय बनाउने निश्चित भएको छ ।
एमालेबाट मन्थली नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा उम्मेदवार बनेका खुशहरि बुढाथोकीले निर्वाचित भएपछि वडाध्यक्षले पाउने सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । उनले महत्वपूर्ण २ घोषणा गर्दै सरकारी सेवा सुविधा व्यक्तिगत रुपमा लिएर खर्च नगर्ने भन्दै उनले त्यो रकम वडा १२ का निम्न आय भएका गरिब घर परिवारको आर्थिक उन्नतिको लागि व्यवसायमा खर्च गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै उनले वडा कार्यालय रहेको घरभाडा खर्च पनि आफ्नो परिवारले नलिने घोषणा गरेका छन् । उनले घर भाडा वापत प्राप्त हुने रकम रकम वडा नं। १२ को शैक्षिक विकासको लागि विद्याथीै र विद्यालयमा खर्च गर्ने बताएका छन् । यस कारणले पनि उनलाई थप सहज भएको छ ।
थुवा जोस र गाउँमैं बसेर काम गरेको हिसावले पनि खुशहरीलाई गाउँघरका बुडापाकाले चिन्ने र घरदैलोमा जनताको हरेक समस्यामा सारथी बनेका वडाका निवर्तमान अध्यक्ष कृष्णहरी अधिकारी पनि टिममैं रहेर जिल्ला समन्वय समितिमा जाने भएकोले चुनावमा जित सहज हुने एमालेको अनुमान गरिएको छ ।
मन्थली १२ मा २,५२३ मतदाता रहेकोमा २,१०० मत खस्ने र आफ्नो पक्षमा १,२०० मत पर्ने एमालेले दावी गरेको छ । गत निर्वाचनमा १७८ मतले विजयी भएको एमाले यस पटक ३ सय मतान्तरले जित्ने दाबी छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया