जापानबाट नेपाली बक्सर अबिरल घिमिरेले बनाए बक्सिङमा विश्व किर्तिमान

नागोया । जापानमा नेपाली बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व किर्तिमान बनाएका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवा पुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरे विश्व रेकर्ड बनाउन सफल भएका हुन् ।

जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई पहिलो राउण्ड खेलको २ मिनेट ५४ सेकेण्डमा बिपक्षी खेलाडीलाई ढालेका थिए । दुवै खेलाडी ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

सिमुरा डोजोको ५० औं वार्षिकोत्सवका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेको अबिरलका प्रशिक्षक तथा पिता देव घिमिरेले जानकारी दिनुभयो । किक बक्सिगं ३ राउण्डको हुन्छ, तीन राउण्डमा बिजयी खेलाडी चयन हुन नसकेमा एक राउण्ड एक्ट्रा खेलाईन्छ । साथै ब्रेक टाइम १ मिनेटको रहने गर्दछ । उपाधि भिडन्त भने ५ राउण्डको हुने गर्दछ । यसमा पनि एक राउण्ट एक्ट्रा रहेको हुन्छ ।

यसअघि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत बनाएका थिए ।

सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनि दक्षिण एशियाकै पहिलो खेलाडीसमेत बनेका थिए । विश्व प्रख्यात सो प्रतिस्पर्धामा उनको विजयको अविच्छिन्न यात्रा जारी छ ।

गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले जितेका थिए । विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बन्न सफल भएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया