श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले दिए पदबाट राजीनामा

काठमाडौं । आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शन जारी रहँदा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार पदबाट राजीनामा दिएका छन् ।

श्रीलंकाली अखबार डेलीमिररले आफ्नो अनलाइन संस्करणमा राजापाक्षेले राजीनामा दिएको उल्लेख गरेको छ । सरकार विरोधी प्रदर्शनलाई मत्थर बनाउन टापू मुलुक श्रीलंकामा लगाइएको देशव्यापी कफ्र्यु घोषणाका बीच राजापाक्षेको राजीनामा आएको हो ।

जारी राजनीतिक संकट समाधानका लागि राजापाक्षेले आइतबार भाइ समेत रहेका राष्ट्रपति गोटाबाये राजापाक्षेलाई भेटेर आफूले पदबाट राजीनामा दिन लागेको बताएका थिए ।

नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले श्रीलंका पिपुल्स पार्टीले दुईतिहाइ मत पाएपछि ७४ वर्षका आफ्नै दाई महिन्दा राजापाक्षेलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: