लहानमा जसपा पार्टीमा खौलाबौला नेता महतोद्वारा पार्टी प्रत्यागको घोषणा

महेश सिंह सिरहा । जनता समाजवादी पार्टी नेपालका प्रदेश सभा,ख,का उपाध्यक्ष युवा नेता ललित नारायण महतोले पार्टीको साधारण सदस्य समेत नरहने गरी पहिला आफ्नै फेसबुक समाजिक संजाल मार्फद पार्टी प्रत्यागको घोषणा गरेका हुन् ।

लहानमा जसापाका केही नेताहरुको फोहरी,स्वार्थी,घिर्नित राजनीतिका कारण पार्टीबाट नेता कार्यकर्ताहरु पार्टी छोडन बाध्य हुने गरेका छन्।फोहरी नेताहरुको कारण लहानमा जसपा पार्टी बदनाम मात्र हैन पार्टीको प्रभाव फित्लो देखिएको हो।लहान मधेस जनबिद्रोहको उदगम बिन्दु भए तापनि लहान नगरपालिकामा कुनै पार्टी संग तालमेल बिना चुनावमा भागलिन पार्टीको हैसियत समेत नरहेको दुख व्यक्त गरेका थिए ।
लहानका स्वार्थी र घिर्नित नेताहरुको कारणले गर्दा पार्टी बद्नाम रहेको र संगठन बनाउन नसकेको मुख्य कारण रहेको नेता ललित नारायण महतोले पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताए हुन् ।
राजनीति जस्तो पार्टीलाई ब्यक्तीगत सम्पत्ति जस्तो हैकमवादी,जिमेदारी र तानाशाहीको कारण नेता, कार्यकर्ताहरुले लहानमा जसापा पार्टीबाट बाहिरीने गरेका छन्।पार्टीका जिम्मेवार ब्यक्तीहरु संग अनुरोध लहानमा सहि नेतृत्व कर्ताहरुको हातमा नेतृत्व दिन नेता महतोले पत्रकारहरु संग कुराकानी गर्दै यस्तो बताएका हुन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया