ओएनएफ कान्तो क्षेत्रिय कमिटी जापानले चुनावी टिकटक प्रतियोगिता बैशाख ३० सम्म गर्ने

जापान । प्रवासी नेपाली मंच, कान्तो क्षेत्रिय कमिटी, जापान आयोजक रहने यस प्रतियोगिता नेपालमा आसन्न स्थानीय निर्वाचनमा नेकपा (एमाले)को सुर्य चिन्ह ध्वजाबाहक उम्मेदवारहरुलाई अत्यधिक क्षेत्रमा बिजय गराउने उदेश्यको प्रचारात्मक अभियान अन्तर्गतको प्रतियोगिता रहेको आयोजकले बताएका छन् ।

अत्यधिक प्रतियोगीहरुलाई समावेश ग़री यस प्रतियोगिता मार्फ़त नेकपा( एमाले)को नीति तथा कार्यक्रम र पहिला भएका प्रगतिशिल विकास निर्माण र जनसेवाको कार्यहरुलाई इच्छुक कलाकारको कलाको माध्यमबाट प्रचार प्रसार गर्ने र पार्टी प्रति आस्थावान कलाकारहरुलाई पनी प्रोत्साहन अघी बढ़ाईएको यस महाअभियानलाई सम्पूर्ण कमरेडहरूलाई रचानात्मक सहयोग, प्रचार प्रसार र प्रतियोगीलाई सहभागिताको लागी प्रोत्साहन गरिदिनु हुन हार्दिक अपिल गर्दछौ भनिएको छ ।
बिगतमा गरिएको सफल तीज गीत प्रतियोगिताको अनुभवबाट यों प्रतियोगिता अझ परिष्कृत र चुनावी अभियानलाई सहयोगी हूने अपेक्षा राखेको बक्तित्वकलाको प्रसंसा पत्र १२ तारिख कार्यक्रम गर्ने अध्यक्ष बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

पुरस्कार राशी तथा नियमहरु :
1. उत्कृष्ट मल्टीमीडिया पुरुस्कार ¥ ३०,०००
2. उत्कृष्ट रचनात्मक पुरुस्कार ¥ २०, ०००
* प्रतियोगी १६ र सो माथीको उमेरको हुनु पर्ने छ ।
* अवैध तरीक़ाले आर्जंन गरिएको लाइकलाई मान्यता दीईने छैन ।(boost)
* कला सामग्री नेकपा (एमाले) पार्टी र चुनावी अभियानसंग सम्बन्धित हुनुपर्ने छ । कुनै अवांछित, जाती, धर्म, सम्प्रदाय लक्षित नकारात्मक सामग्री स्वीकार गरिने छैन ।
* भिंडियो टिकटकको मात्र स्वीकारने छ । टिकटकको लोगो र आइडी स्पष्ट देखिएको हुनुपर्ने छ ।
* प्रतियोगीले आयोजकको आधिकारिक फ़ेसबुक पेज र टिकटक लाइक गरेको हुनु पर्ने छ ।
* प्रतियोगिता सम्बन्धी अन्य सम्पूर्ण अधिकार आयोजकसंग सुरक्षित हूने छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: