जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिकका उप-संयोजक ददिवल खड्कालाई राजधानी टोकियोमा पञ्जेबाजा सहित सम्मान गरिएको छ । एशिया प्यासिफिक क्षेत्रिय उप-संयोजक चयन भएको अवसरमा देउराली पञ्चे बाजा टोकियोले एक कार्यक्रम सहित खड्काको सम्मान गरेको हो ।
शिनओकुबो स्थित भेटघाट रेष्टुरेण्टमा पञ्चेबाजा समुहले पञ्जेबाजा बजाएर सफल कार्यकालको कामना सहित उप-संयोजक ददिवल खड्काको खादा लगाएर सम्मान गरेको हो ।
कार्यक्रममा पञ्जेबाजा समुहले नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, पूर्व नेपाली राष्ट्रिय भलिबल खेलाडी श्री गुरुङलाई पनि खादा लगाएर सम्मान गरेको थियो ।
कार्यक्रममा व्यवसायी तथा एनआरएनए जापानका केन्द्रिय सदस्य कर्साङ तामाङ, एनआरएनए जापानका सल्लाहकार महेश खड्का, नमस्ते गुरुङ, उत्तम गौडेल, बिष्णु प्रसाद सुवेदी, शान्तकुमार पहरी, शिव रिमाल लगायत ५० बढि व्यक्तिको सहभागीता रहेको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया