रामेछाप गेलूमा कांग्रेसद्वारा चुनाबको लागि लौरो तयारी, एमाले गेलूको भर्त्सना

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलूमा एमालेका दुई युवा बिदुर केसी र अजय कार्कीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले पूर्ण आएका छन ।

सोमवार साँझ दुई युवालाई गेलूको सिक्रालबाट पशुपति घर आउनेक्रममा कांग्रेस समर्थित प्रज्वल खड्काको एक टोलीले राजनीतीक भानभन हुनेक्रममा हात हाली पिटन आएका हुन ।

मन्थली १२ का वडा अध्यक्षका उम्मेद्वार स्वयम् खिलेन्द्र खत्री र सदस्यका उम्मेद्वार दिनेश खड्का रहेको अबस्थामा यस्ता अराजनीतिक गतिविधि घटेको घटनाप्रति एमाले गेलूले घोर भर्त्सना गर्दै यस्ता घटना दोहोरिए त्यसको जिम्मा स्वयम् कांग्रेसले लिनु पर्ने एमाले गेलूले चुनौती दिएको छ ।
एमालेसँग डराएर भौतिक रूपमा गत निर्वाचन जसरी हार हुने परिस्थिति आएपछि गाउँघरमा जंगलबाट झण्डा राख्ने भनेर लौरो बनाएर राखेंको खबर आएको र उक्त कुरा प्रहरी प्रशासनमा खबर गरेको एमाले गेलूले प्रेस वक्तव्य निकालेर जानकारी दिएको छ ।

हामी संयमित भएर बसेका छौ यसलाई कमजोर नठान्न चुनौती दिन चाहन्छौं । अशान्त बनाउन कांग्रेसबाट गरिएको गलत प्रचार, ठाउँ ठाउँमा बाटाे छेक्ने कार्य र गाली गलौज गर्दै भाैतिक आक्रमणमा समेत उत्रिएकाे घटनाप्रति एमाले गेलू घाेर भत्सर्ना गरेको एमाले मन्थली-१२, गेलू रामेछापले विज्ञप्तिमा जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया