दाङ । एमाले सांसद शान्ता चौधरीले मौन अवधिमा चुनाव प्रचार गरेको आरोप लगाउँदै स्थानीय कांग्रेस कार्यकर्ताले दाङमा उनको घर घेराउ गरेर धाकधम्की दिएका छन् । आफू माइत गएर फर्किने क्रममा पछ्याएका स्थानीय कार्यकर्ताले घरबाहिर आएर राति अबेरसम्म होहल्ला गरेको चौधरीले बताइन् ।
दाङको घोराइ उपमहानगरपालिकास्थित डाँडा गाउँमा शान्ताको माइती र घर करिब २० मिनेटको दुरीमा छ । माइतीमा बिरामी आमालाई आज भेटेर फर्किँदा कांग्रेसका स्थानीय कार्यकर्ताले चुनाव प्रचारमा गएको आरोप लगाएको उनको भनाइ छ ।
‘म दुईजना आफन्तसहित फर्किँदै गर्दा केही चिनजानका व्यक्तिले हामी चढेको गाडीमै अवरोध पुर्याएका थिए,’ उनले भनिन्, ‘पछि घरसम्मै आएर उनीहरुले मलाई विभिन्न तरिकाले धम्याइरहे ।
शान्ताले आफ्नो घर घेराउ गरिएको भन्दै फेसबुकमा राति करिब ११ बजे स्टाटस लेखेकी थिइन् । त्यसपछि प्रहरी सुरक्षा दिन उनको घरसम्मै आएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया