मतपेटिका मतगणनास्थलमा जम्मा गरिँदै : आजैबाट मतगणनाको तयारी

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ । काठमाडौँको वाल्मीकि मतदान केन्द्रबाट सभागृहमा मतगणनाको लागि मतपेटिका लगिँदै गरेको देख्न सकिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया