
काठमाडौं । निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा दलहरुको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको छ
निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए । थपलियाले करीव ५४ प्रतिशत मतदान भएको र अपेक्षित मत नखसेको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया