काठमाडौंको दक्षिणकाली नगरपालिका १ मा एमालेको प्यानल निर्वाचित

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलले जितेको छ । एमालेका जय थापामगर १ हजार ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा उनको प्यानल नै विजयी भएको हो । थापामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयन्द्र लामाले ८ सय ५ मत पाएका छन् ।

यो नगरपालिकामा प्रमुखको उम्मेदवारमा झिनो मतान्तरले एमाले अगाडि रहेको छ । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९ सय १३ मत पाउँदा काँग्रेसका मोहन बस्नेतले ९ सय १० मत पाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: