बैतडीको डिलासैनी-५ मा गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार भट्ट निर्वाचित

बैतडी । बैतडीको डिलासैनी-५ मा स्वतन्त्र उम्मेदवार यज्ञराज भट्ट निर्वाचित भएका छन् ।

भट्टले ७४० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दुर्गा नाथले ३१९ मत ल्याए । नाथ गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

यसअघि डिलाशैनी गाउँपालिका वडा नं ४ मा स्वतन्त्र उम्मेदवार हरिदत्त पन्तले जित हासिल गरेका थिए । अहिले डिलासैनी ७ को मतगणना जारी रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया