बझाङको थलारामा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार, आठ जना घाइते

बझाङ । बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् ।

थलारा गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेपछि विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ४ सय ८७ मत ल्याएर विजयी बन्नुभएको हो भने उहाँका प्रतिस्पर्धी एमालेका हिराप्रकाश भण्डारीले चार सय ३८ मत ल्याउनुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: