अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चाका मेयर थापा उम्मेदवार विजयी

काठमाडौं । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा गठबन्धन दलका जनमोर्चाका मेयरका उम्मेदवार विजयी भएका छन् । भुमिकास्थानको मेयरमा जनमोर्चाका छविलाल थापा ८ हजार २३४ मतसहित विजयी बनेका हुन् । योसँगै राष्ट्रिय जनमोर्चाले मेयर पदमै खाता खोलेको हो ।

उनका प्रतिद्वन्द्वी एमालेका रेशम थापाले ७५२४ मत मात्र ल्याएका छन् । त्यस्तै उप मेयरमा माओवादी केन्द्रका बालकृष्ण वञ्जाडे ७५५८ मतसहित विजयी भएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया