जापानको ओसाकामा ३१ वर्षीय एक नेपालीको मृत्यु

जापान । बाग्लुन बिहुं घर भै हाल जापानको ओसाकामा कुक पेशामा कार्यरत ३१ वर्षीय सालिकराम कॅंडेलको बिहिबार मृत्यु भएको छ ।
ओसाका स्थित आमागाशि शहरमा आफु बस्दै आएका कंडेलको शव निज कै कोठाको भान्छा कोठामा कम्प्युटरमा प्रयोग हुने तारले घाँटीमा पासो लगाइ झुन्डिएको अवस्थामा भेटिएको मृतकका भिनाजु भुवन सापकोटाले जानकारी दिए ।
एक वर्ष अघिमात्र जापानमा आएका मृतक कॅंडेलकी श्रीमती बिष्णु कॅंडेल एक महिना अघि मात्र जापान आएकी थिइन । उनले के कति कारणले आत्महत्या गरे भन्ने बारे खुलेको छैन। मृतकका १ छोरी र १ छोरा नेपालमा हजुरआमा संगै बस्दै आएको पारिवारिक स्रोतले जानकारी दिएके छ ।
मृतक कंडेलको मे २१ तारिख अर्थात् शनिबार जापान मै अन्त्यष्टि गरिने आफन्तले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया