
नागोया । जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । खोटाङ जिल्ला सिम्पानी २ निवासी हाल आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ बर्षिय सजिन्द्र प्रधानको निधन भएके हो ।
कोठामा सुतेको अवस्थामा स्वास प्रश्वासमा समस्या देखिए पछि अस्पताल लगिएको र उपचार कै क्रममा प्रधानको मंगलबार बिहान निधन भएको भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य तथा समाजसेवी दिपक कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थी भिषामा जापान आइ अध्ययन पश्चात हाल कम्पनीमा कार्यरत मृतक प्रधान श्रीमतिसंगै जापानमा बस्दै आएका थिए । नेपालमा बुवाआमासहितको परिवार रहेको र उनीहरूको आग्रहमा प्रधानको पार्थिब शरीरलाइ नेपाल पठाउन दिन गरेको आग्रह अनुसार सम्पूर्ण ब्यबस्था मिलाई रहेको र केहिदिन भित्रमा नै नेपाल पठाईने तयारी छ ।
अस्पतालमा उपचारकै क्रममा मृत घोषणा गरेको र परिवारको आग्रहमा आवश्यक प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउने तयारी भैरहेकोले जापानबाी नेपालीहरुलाई आर्थिक सहयोगका लागि परिवारले अनुरोध गरेको छ ।
आर्थिक सहयोगका लागि : Pradhan sajindra 10190-97946431
फेसबुकबाट तपाइको प्रतिक्रिया