नागोयामा सम्पूर्ण नेपालीलाई समेटिएको बिबिक्यु तथा बृहत बनभोज कार्यक्रम हुने

जापान । विश्व महामारीले गर्दा लामो समयदेखी सामूहिक भेंटघाट नभएको र नेपाली भाईचारालाई अझ प्रगाढ बनाउन स्याङ्जा समाज जापान क्षेत्रीय समिति नागोयाको आयोजनामा जुन महिनाको २५ तारिक शनिवार नागोया स्थित todagawa ryokuchi पार्कमा बिबिक्यु तथा बृहत बनभोज कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन ।

जापानमा टोकियो पछीको नेपाली समुदायको बाहुल्यता रहेको नागोयामा यसरी सबै नेपालीहरुलाई समेतेर गर्न लागिएको बनभोज कार्यक्रम सम्भबत पहिलो रहेको सस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक निशान रानाले जिकिर गर्नु भयो ।
लामो समय पछीको त्यो रमाइलो भेतघात जापानको शुखदुखको भारी बिसाउने चौतारो बन्ने कुरामा पनि राना बिस्वाश्त रहेको बताए । दिउसो १२ बजे देखि ५ बजे सम्म हुने उक्त कार्यक्रम स्थल सम्म पुग्न किन्तेचु फुसिया स्टेशनबाट हिंडेर १५ मिनेट मात्र लाग्ने भयतापनि उपस्थित पाहुनाहरुको समयलाई मध्य नजर गरी बिबिक्यु स्थल सम्मको लागि फुसिया स्टेशनबाट निशुल्क बसको ब्यबस्था गरिएको अतिथी सस्कार संयोजक मित्रलाल सिग्देलले जानकारी दिनुभयो ।

प्राईबेट गाडीमा आउनु हुनेको लागि निशुल्क पर्किङ्को ब्यबस्था पनि रहेको बताउनु भयो । विद्यार्थी भाईबहिनीहरुलाई मध्य नजर गर्दै टिकटमा टोकिएको शुल्क भन्दा ५०० येन बिद्यार्थी छुट स्वरुप सहुलियत प्रदान गरिने आयोजकले बताएका छन ।
नागोया आसपासमा रहेको संघ,संस्थाका प्रतिनिधि लगाएत सम्पुर्ण नागोयाबासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई उपस्थितिको लागि अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया