टोकियोमा एक नेपाली महिलाको निधन, जापानमैं दाहसंस्कार

टोकियो । जापानको राजधानी टोकियोस्थित कोइवामा एक नेपाली महिलाको निधन भएको छ । नेपालको रूपन्देही रुद्रपुर घर भई जापानमा परिवार संगै बस्दै आउनु भएकी ईशा थापा क्यान्सरको उपचारको क्रममा निधन भएको हो ।
७ वर्षअघि श्रीमानको डिपेन्डेनमा जापान आउनु भएकी थापाको में २६ तारिख बिहान पेट क्यान्सारको कारण उपचारको क्रममा निधन भएको हो । एक छोरा र श्रीमान संगै बस्दै आउनु भएकी मृतक ३६ वर्षीय थापा
बिगत ६ बर्ष देखि क्यान्सर जस्तो घातक रोग संग लडि रहेकी थिईन । नेपालमा पेटको क्यान्सरको सफल उपचार पछि जापान आई उपचार गराई रहेकी थापा बिरामी परि जापानको टोक्यो कु कोईवामा रहेको एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार गरिरहेको थियो । बुधबार साँझबाट स्वास्थ्यमा झन समस्या भै सास फेर्न कठिन भएपछी अस्पतालले परिवारलाई भेंटन बोलाएको थियो ।

लामो समय क्यान्सरसँग लडिरहेकी थापाको बिहिबार बिहान अस्पतालले मृत घोषणा गरेको थियो । मृतक थापाको पार्थिव शरीरलाई शुक्रवार भोली जापानमैं दाहसंस्कार गरिने नेफिन जापानका उपाध्यक्ष रित रानाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया