हराइरहेको तारा एयरको विमान मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदमा फेला

काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले भने ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया