
जापान । प्रथम एनआरएनए फुटसल रनिङ कप २०२२ को उपाधि नेपाल यूनाईटेडले हात पारेको छ । नेपालका राष्ट्रिय खेलाडी बसन्त गौचनका भाई बिसन गौचनको टिम रहेको जापानको लिजेन्ड क्लव नेपाल यूनाईटेडले एनआरएनए फुटसल रनिङ कपको बाजी मार्न सफल भएको हो ।
मे २९ तारिख अर्थात आईतवार एनआरएनए जापानले आयोजना गरेको प्रथम एनआरएनए रनिङ कप २०२२ को उपाधि नेपाली यूनाईटेडले प्रथम भई पाँच लाख येनसहित कप र रनिङ सिल्ड हात पारेको थियो ।
जापानको टोकियो फुजीमोरी फुट्सल पार्क भएको फुटसल रनिङ कपमा नेपाली यूनाईटेड र काभ्रेली समाज वाईट फाईनल खेलमा बराबरीमा रोकिएपछी पेनाल्टीमा नेपाली यूनाईटेडले २ का विरुद्ध ३ गोलले काभ्रेली वाईटलाई पराजित गरेको थियो ।
त्यसैगरी दोस्रो हुने काभ्रेली वाईट टिम दुई लाख पचास हजार र कप, तेस्रो हुने काभ्रेली समाज ओरेन्जलाई ७० हजार र कप पुरस्कार हात पार्न सफल भएके छ । साथै अन्य विभिन्न विधामा पुरस्कार खेलाडीहरुलाई शिल्ड र सम्मान पत्र वितरण सम्पन्न भयो । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा ३५ टिमसहित ४ सय नेपाली खेलाडी सहभागि भएको थियो । पुरस्कार वितरण कार्यक्रम एनआरएनए आईसीसी उपमहाचिव ओम गुरुङ,एनआरएनए एशिया डिआरसी ददिवल खड्का, नेपाली ब्यवसायी संघका अध्यक्ष विजय थकाली लगाएतको हातबाट पुरस्कार वितरण गरेको थियो ।
एनआरएनए जापान अध्यक्ष शिबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रम महासचिव सिद्धार्थ श्रेष्ठले संचालन गर्नु भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया