कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् ।

नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ भनेका छन् ।

माओवादीका नेताहरुका अनुसार प्रचण्ड पाँचदलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनाउन तयार देखिएका छैनन् । एमाले नेताहरुले अनौपचारिक रुपमा सम्वाद थालेपनि प्रचण्ड अझै पाँचदलीय गठबन्धनकै पक्षमा दृढ छन् ।

तर स्थानीय चुनावमा तालमेल प्रभावकारी नभएको मात्र होइन, रुकुम, रोल्पा लगायतका आफ्ना ‘आधार इलाका’हरुमा नेकपा एमालेसँग मिलेर हराउन खोजेकाले कांग्रेससँग असन्तुष्ट पनि छन् । यही अवस्था कायम रहे आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव आफ्नो अनुकुल नहुने भएकाले प्रचण्डले कांग्रेसलाई दबाव दिने रणनीति लिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया