
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विगतका अधिकांश कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्दै सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । करको दायरा विस्तार गरेर आन्तरिक राजश्व अभिवृद्धि गर्ने, अतिआवश्यक बाहेक नयाँ सवारी साधन खरीद नगर्ने, प्रदेशमा सञ्चालनमा रहेका ठूला प्रादेशिक आयोजना, बहुवर्षीय र क्रमागत योजना सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पहिचान गरेर स्वरोजगार बनाउने, शिक्षा, स्वास्थ्यका क्षेत्रमा पूर्वाधारको विकास गरेर चुस्त दुरुस्त सेवा प्रवाह गर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
बिउबिजनमा अनुदान दिने, किसानलाई विद्युत महसुल र भन्सार शुल्कमा सहुलियत दिने, प्रमुख राजमार्ग, सहायक राजमार्ग र स्थानीय राजमार्ग क्षेत्रका किसानलाई व्यसायिक खेतिका लागि प्रोत्साहन गर्ने, मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया