जनताको गुनासो सुन्न काठमाडौं महानगरमा कल सेन्टर सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा ल्याएको छ ।

महानगरको १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबारदेखि राष्ट्रिय सभागृहमा केन्द्रमा कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।

काठमाडौंबासीको गुनासो सुन्नका लागि कलसेन्टर सञ्चालनमा ल्याएको भन्दै महानगरका मेयर बालेन्द्र साह(बालेन)ले जनताले प्रश्न सोध्न पाउनुपर्ने तर्क गरे । उनले महानगरमा भएका समस्या, गुनासो सुन्नका लागि कल सेन्टर ल्याएको बताए ।

महानगरले निःशुल्क टेलिफोन नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ । महानगरका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार कल सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएका उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: