हार्दिक श्रद्धाञ्जली : जापानमा फेरी नेपाली युवाको असामयिक निधन

टोकियो । जापानमा फेरी एक २९ वर्षीय नेपाली युवाको निधन भएको छ । परिवारको साथमा लामो समयदेखि जापान बस्दै आएका एक नेपाली युवाको २९ वर्षको उमेरमा असामयिक निधन भएको हो ।
ब्रेन ट्युमर रोगबाट पीडित सुरेश गौतमको सोमबार साँझ निधन भएको परिवार निकट ब्यक्तिहरुले जानकारी दिनु भएको छ । ब्रेन ट्युमर रोगले गालेपछि उनको उपचारले समेत काम गर्न छाडेको थियो ।
गौतमको नेपाल बागलुङ जिल्ला गल्कोट टिमुरबोट स्थायि घर हो । उनी एक छोरी, श्रीमती सहित परिवारको साथमा जापान चिवा प्रान्त बस्दै आएका थिए ।
गौतम जापानमा रहेर सामाजिक कार्य सहित फोटोग्राफिमा सक्रिय रहंदै आएका थिए । फोटोग्राफिमा बिशेष रुची र दख्खल राख्ने सुरेश जापानमा हुने सास्कृतिक तथा अन्य बिशेष कार्यक्रमहरुमा फोटोग्राफरको रुपमा परिचित समेत थिए ।
जापानमा यो जुन महिनामा मात्र गौतम सहित ४ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया