टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने

काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर यसबारे औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

उनले सञ्चारकर्म छाडेर पूर्णकालीन राजनीतिमा आउन लागेको समेत बताएका छन् ।लामिछानेले सञ्चार क्षेत्रको आफ्नो यात्रालाई विश्राम दिएको बताए । ‘एउटा सञ्चारकर्मीका रुपमा मैले सकेको गरेँ, के गरेँ, कति गरेँ, तपाई दर्शकहरुसँग त्यसको हिसाब छ’ उनले भने, अब म आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसदसम्म पुर्‍याउन चाहन्छु ।

राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् ।

उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया