एनबीए जापानले जुन १८ तारिख नागोयामा भेला तथा अन्तरक्रिया गर्ने

नागोया । जापानका नेपाली ब्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ एनबीए जापानले जुन १८ तारिख नागोयामा भेला तथा अन्तरक्रिया गर्ने भएको छ ।

जापानमा आधिकारिक रूपमा दर्ता गरेर नेपाली ठुला तथा साना लगानीका ब्यवसायीहरुबीचमा एकअर्कालाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको एनबीए जापानले जापानको नागोंयामा महामारीपछी नेपाली ब्यवसायीको अबस्था र अब गर्नु पर्ने कार्य बारे अन्तरक्रिया आयोजना गरेको हो ।

बिश्व माहामारीको रूपमा देखा परेको कोभिड १९ को कारण लामो समयसम्म गतिबिधिहरू औपचारिक रूपमा मात्र सीमित गर्न बाध्य भएका थियौ । क़रीब १ बर्ष पहिलेको यामानासी पूर्ण बैठक र पछिल्लो गत डिसेम्बर ३ तारिख टोकियोमा सम्पन्न नियमित बैठले केन्द्रको दोश्रो अधिबेशनको मिति र कार्यक्रम तय गरीएको थियो त्यो बीचमा कोरोना संक्रमण झन तिब्ररूपमा बढ़ेको कारण दुबै निर्णय कार्यन्वयन गर्न सकीएन ।
लामो समयको आक्रान्त भएका ब्यबसायिक तथा दैनिक गतिबीधीहरू बिस्तारै लयमा फर्किरहेको अबस्थामा एनबीए जापानका गतिबीधीलाई पनी तिब्रता दीदै छीटै दोश्रो अधिबेशन गर्नुपर्ने महशुस गरी, पछिल्लो पदाधीकारी बैठकले मुख्य केही क्षेत्रमा भेटघाट तथा एनबीएले गर्नुपर्ने आगामी कार्यक्रमको बारेमा सुझाब संकलन गर्ने निर्णयको आधारमा जुन १८ तारिख साँझ ९ बाट ११ बजे नागोयामा भेटघाट राखिएकोले उक्त कार्यक्रममा उपस्थित भईदिनुहुन सम्पूर्ण नागोयाबासी नेपाली ब्यबसायीहरूलाई संघका सचिब बाबुराम पौडेलले अपिल गर्नु भएको छ ।

जापानमा नेपाली ब्यवसायीहरु एकजुट गराउन टोक्यो केन्द्रित एनबीए जापानलाई जापानभर बनाउन र नेपालीको दुःख(सुखमा मलम लगाउन जुन १८ तारिख शनिवार नागोंयाको दियालो रेष्टुरेण्टमा साँझ ९ बजेबाट भेंटघाट कार्यक्रम राखिएको एनबीए जापानका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काले जानकारी दिनुभयो ।

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशन गर्ने समय नजिक आईरहदा नागोया भेलाले नयाँ सन्देश दिने र संस्थालाई अझ ब्यापक बिस्तार गर्न कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष बिजय थकालीले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया