मोना क्षेत्रीय समिति नागोयाको जापानमा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रममा सम्पन्न

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा जापानमा नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रममा सम्पन्न गरेको छ ।

आईतबार नागोयाको दियाले रेष्टुरेण्टमा मोना क्षेत्रीय समिति नागोयाको आयोजनामा जापान नवप्रवेशीलाई स्वागत र सम्मान कार्यक्रममा सम्पन्न गरेको हो ।

सम्मान कार्यक्रममा मोना आईईसी वरिष्ठ उपाध्यक्ष ददीवल खडका, मोना आईईसी कोषाध्यक्ष महेन्द्र खडका, म्याग्दी प्रवासी नेपाली संघ एसिया प्यासिफिक संयोजक दीपक कार्की, गैरआवासीय नेपाली संघ एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, गल्लकोट समाज जापानका अध्यक्ष याम खत्री, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष विजेश थकाली, कास्की पोखरा समाजका पूर्वअध्यक्ष विकास श्रेष्ठ, नेपाली व्यवसायी संघ जापानका सम्पुण पदाधिकारी,मोना जापान केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत उपस्थित सम्पूर्ण हार्दिक आभार व्यक्त गरेको छ ।


फेसबुकबाट तपाइको प्रतिक्रिया