प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन, नवनियुक्त मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार देउवाले चार जना मन्त्री र एक राज्यमन्त्री परिवर्तन गरेका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसअनुसार जीवनराम श्रेष्ठ पर्यटन, मेटमणी चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या र शेरवहादुर कुँवर श्रममन्त्री नियुक्त भएका छन् । त्यस्तै हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार हुने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया