लुम्बिनी प्रदेश सरकारको ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वहुमतले पारित भएको छ । प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बुधबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेट कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।

वजेटमाथि छलफलका क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने नीति र कार्यक्रम भन्दा बाहिर गएर चुनाव लक्षित टुक्रे योजनामा रकम बाँड्ने गरी बजेट ल्याइएको भन्दै चर्को आलोचना गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया