
टोकियो । नेपाल तामाङ समाज जापानको ८औं अधिबेशन सम्पन्न भएको छ । जापानको राजधानी टोकियोमा जुलाई ३ तारिख आईतवार सम्पन्न भएको अधिबेशनले अध्यक्षमा कर्साङ तामाङको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमति चयन गरेको हो ।
समाजको बरिष्ठ उपाध्यक्षमा अनिता थोकर, उपाध्यक्षहरुमा बलराम थिङ, गिरबहादुर घिसिङ, स्मृति मोक्तान, कृष्ण घिसिङ चयन हुनु भएको छ भने महासचिवमा तेज थिङ, सचिवमा ललिता तामाङ, जनक थोकर, चन्द्र दोङ तामाङ, कोषाध्यक्षमा सुस्मा लामा वाइबा, सहकोषाध्यक्षमा अष्टमाया लामा सहित सम्पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरिएको छ ।
समाजको सदस्यहरुमा सत्यराम लामा, प्रकाश तामाङ, लक्ष्मी वाइवा तामाङ, मनिता मोक्तान, एलिना मोक्तान, रोतिस तामाङ, बुद्दिराज तामाङ, अमृत लामा, छोक्पा पाख्रिन तामाङ रहनुभएको छ । बाँकी ५ जना सदस्यहरु भने बैठकले निर्णय गरेर थप्ने भएको छ ।
अधिबेशनमा समाजले गरेका कार्य प्रतिबेदनको महासचिव बलराम थिङले र आर्थिक प्रतिबेदन गिर बहादुर घिसिङले प्रस्तुत गरि पारित गरेको थियो ।
नेपाल तामाङ समाज जापानकी निवर्तमान अध्यक्ष रुबिना तामाङको सभापतित्वमा सम्पन्न सो अधिबेशनको प्रमुख अतिथिमा गैरआवासीय नेपाली संघ आईसीसी उप महासचिव ओम गुरुङको प्रमुख अतिथ्यता र बिशेष अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव राई, गैरआवासिय नेपाली संघ एशिया प्यासिफिक उप९संयोजक ददिवल खड्का, गैरआवासिय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल रहनुभएको थियो ।
अधिववेशनको घोषणा सभामा निर्वाचन प्रमुख सुकमान थिङ तामाङले नयाँ कार्य समितिको घोषणा गर्नु भएको कार्यक्रमममा नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, जनजाति महासंघ जापानकी सल्लाहकार अनिता टिम अध्यक्ष् अनिता गुरुङ, गैरआवासिय नेपाली संघ जापानका वरिष्ठ उपाध्यक्ष नविन न्यूरे, महासचिव सिद्धार्थ श्रेष्ठ, प्रवक्ता सुभाष लामिछाने, थकाली समाज जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीँ जापानका अध्यक्ष रमेशकुमार गुरुङ, शेर्पा संघ जापानका अध्यक्ष दावा शेर्पा, किराँत राई यायोक्खा जापानका अध्यक्ष विनोद राई, नेपाल मगर संघ जापानका अध्यक्ष ओम मगर, किराँत याक्थुङ् चुम्लुङ् जापानका अध्यक्ष सुदिप पालुहाङ् लिम्वु, दोलखाा समाज जापानका अध्यक्ष महेश खड्का लगाएत अथितिहरुको उपस्थित रहेको थियो ।
उक्त अधिबेशनको अवसरमा समाजले निर्माण गरि जापानमैं निर्माण गरेको तामाङ जागरण गीत प्रमुख अतिथि उप महासचिव गुरुङले बिमोचन भएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया