
काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश र व्यापारिक स्वार्थमा करको दर हेरफेरको विषयमा सत्य तथ्य छानविन गर्न संसदीय समिति गठन गरेपछि अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् ।
उनले आफूले बजेट निर्माण प्रक्रियामा कुनै गल्ती नगरेको भन्दै छानबिन समितिलाई सहयोग गर्ने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन भएको घोषणा गर्दै सदस्यहरुको नाम प्रस्तुत गरेका थिए ।
समितिमा एमालेबाट चार, कांग्रेस, माओवादी केन्द्रबाट दुईरदुई जना, एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक÷एक जना सदस्य छन् । समितिको सदस्यहरुमा खजराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।
छानबिन गर्न सजिलो होस् भनेर समिति गठन भए लगत्तै शर्माले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर पदबाट राजीनामा दिएको घोषणा गरे ।
प्रतिनिधि सभा निमायवली २०७५ मा प्रतिनिधि सभाले आवश्यकता अनुसार विशेष समिति गठन गर्न सक्ने व्यवस्था छ । यहि अधिकार प्रयोग गरेर प्रतिनिधि सभाले ११ सदस्यीय विशेष समिति बनाएको हो ।
‘प्रतिनिधि सभामा आवश्यकता अनुसारका अन्य विशेष समिति गठन गर्न सकिने छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया