जापानमा निर्वाचनको मतदान जारी, आर्थिक नतिजालाई सम्बोधन

जापान : बढ्दो मूल्य र राष्ट्रिय सुरक्षालाई लिएर बहसले हावी भएको अभियानपछि जापानका मतदाताहरू माथिल्लो सदनका प्रतिनिधिहरू छान्न मतदानमा जुटेका छन् । सदनका आधा सिटमा मात्रै प्रतिस्पर्धा भइरहेको छ, जुन माथिल्लो सदन निर्वाचनको नियमित प्रक्रिया हो । सत्तारुढ गठबन्धनले ५५ सिटको लागि सदनलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको छ ।

प्रमुख प्रतिपक्षी दलले गठबन्धनका प्रतिद्वन्द्वीले खुला सिटमा बहुमत ल्याउन चाहेको बताएको छ । उम्मेदवारहरूले युक्रेनमा रुसको आक्रमणपछि धारासायी बन्दै गएको आर्थिक नतिजालाई सम्बोधन गर्ने तरिकाहरूका साथसाथै क्षेत्रीय सुरक्षा र सामाजिक सुरक्षामा पनि असर पारेका कुरालाई सम्बोधन गर्न खोजेका छन् ।

अर्को प्रमुख मुद्दा संविधान हो । जापानले आफ्नो आधारभूत कानूनलाई ७५ वर्ष सम्म पनि परिवर्तन गरेको छैन र प्रमुख सत्तारुढ दलले यसलाई समय अनुसार अपडेट गर्नुपर्ने बताएको छ । संशोधन प्रक्रिया सुरु गर्नु भनेको दुबै सदनको दुई तिहाईबाट अनुमोदन गराउनु हो । राजनीतिक पर्यवेक्षकहरूले आजको चुनावी नतिजालाई संशोधनको पक्षमा रहेका दलहरू यो बेन्चमार्कमा पुग्छन् कि भनेर हेरिरहेका छन् ।

जापानी समय अनुसार आज बेलुकी ८ बजेबाट मतगणना सुरु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया