नवलपरासी समाज जापानको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा हरी सापकोटा

जापान । नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रम टोकियोमा सम्पन्न भएको छ । जुलाई १३ तारिख नवलपरासी समाज जापानको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रम टोकियोमा सम्पन्न भएको हो ।

समाजको दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रममा समाजका अध्यक्ष गोपाल कंडेल को सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथी दोस्रो अधिबेशनका निर्वाचन सम्योजक तथा समाजका सल्लाहाकार यादब केसी रहनु भएको थियो । कार्यक्रममा समाजका सचिब ॠषि पौडेलले स्वागत मन्तब्यबाट सबैलाई स्वागत गर्दै संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

अध्यक्ष गोपाल कण्डेलले आफ्नो कार्यालय कालमा सहयोग गर्ने कार्यसमितीका सबै लाई अनी दोस्रो अधिबेशन तथा सामुहिक बनबोज कार्यक्रममा उपस्थित हुनु भएका सबैलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालको कार्यसमिती बिघटन भएको घोषणा गर्दै नयाँ बन्ने कार्यसमिती लाई शुभकामना ब्यक्त गर्नु भयो ।

नयाँ कार्यसमिती निर्वाचन प्रक्रिया मा निर्वाचन सम्योजक यादब केसी ले निर्वाचन मा सम्पूर्ण उपस्थित हुनु भएका सदस्य हरुलाई उमेद्धवारी मनोनय दर्ता गर्न अनुरोध गर्दै दर्ता गर्नु भएका सबै नयाँ कार्यसमिती निर्बिरोध निर्वाचित भएको घोषणा गर्नु भयो । नब निर्वाचित कार्यसमितीमा अध्यक्षमा हरी सापकोटा, वरिष्ठ उपाध्यक्षमा बासु बस्ताकोटी, उपाध्यक्षमा दुर्गा सुबेदी, कमल काफ्ले, महासचिबमा ॠषि पौडेल, कोषाध्यक्षमा सुनिल सापकोटा, सचिबमा माधबि खड्का, सहसचिब श्याम कण्डेल, सदस्यहरुमा नेत्र शर्मा, सुनिता कण्डेल, नीतु आले, अमित कण्डेल निर्बाचित हुनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया