लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क

बुटवल । लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा बहिरंग (ओपीडी) र इमर्जेन्सी टिकट तथा जनरल बेड (शय्या) निःशुल्क भएको छ । प्रदेश सरकार मातहतमा रहेका बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालमा टिकट र जनरल बेड निःशुल्क भएको हो ।

आइतबार बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा मुख्यमन्त्री कुलप्रसाद केसीले बिरामी बेनिमाया थापालाई निःशुल्क टिकट हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरे । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

मुख्यमन्त्री केसीले टिकट र जनरल बेड निशुल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए । उनले प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न लागिएको पनि जानकारी दिए ।

छिटै १२ सय शय्याको १० तले भवन निर्माणको प्रक्रिया सुरु हुने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया