गम्भीर नेपाली विरामीलाई भिसा नदिने अध्यागमनको निर्णयलाई अदालतद्धारा गलत ठहर

नागोया । जापानमा आफ्नो उपचार जारी राख्न चाहने एक नेपालीले माग गरेको विशेष भिसा हैसियत अस्वीकृत गर्ने जापानी अध्यागमनको निर्णयलाई नागोया जिल्ला अदालतले खारेज गरिदिएको छ ।
ब्रेन ट्यूमरबाट पीडित र जापानमा उपचार जारी राख्न चाहने आइची प्रिफेक्चरको टोयोकावा शहरमा बस्ने ४० वर्षिय नेपाली नागरिकलाई विशेष बासस्थान नदिने अध्यागमनको निर्णयलाई अदालतले गलत ठहर गर्दै उपचाररत व्यक्तिको नैसर्गिक अधिकार हनन नगर्न भनेको छ ।

अध्यागमनले उपचार गर्नु पर्ने अवस्थाका ती व्यक्तिको माग अस्वीकार गर्नु अत्यन्तै अव्यवहारिक भएको भन्दै अध्यागमन विभागको निर्णय खारेज गरिदिएको छ । फैसला अनुसार सन २०१९ मा ती व्यक्ति अस्थायी बसोबास अनुमतिको साथमा जापान आएर अवै्ध रुपमा जापान बस्न थालेका थिए । यसै क्रममा उनमा ब्रेन ट्यूमर देखियो ।

औषधि नभएको र जापानमा उपचार जारी राख्न चाहेको भन्दै उनले शरणार्थी हैसियतका लागि आवेदन दिए । ती व्यक्तिलाई ब्रेन्ट टयूमर पत्ता लाग्दा उनको उमेर १८ थियो भने शरणार्थीको लागि आवेदन दिँदा उनी २० वर्ष भएको बताइएको छ । तर अध्यागमनले उनलाई शरणार्थीको मान्यता दिएन र विशेष आवास अनुमति पनि अस्वीकृत गरिदियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया