झुटो विवरण बुझाई भिसा नवीकरण गरेको आशंकामा नेपाली पक्राउ, २ करोड येन आम्दानी

जापान । झूटो विवरणसहितको निवेदन दिएर आवास भिसा नवीकरण गरेको आशंकामा बहादुर(एलबी) भुजेल सहित चार जना नेपालीले पक्राउ परेका छन् ।

रेष्टुरेन्टमा काम गरेको भन्दै झुटो विवरण सहितको निवेदन दिएर बसोबासको हैसियत नविकरण गर्ने चार नेपालीलाई जापान प्रहरीले पक्राउ गरेको हो । ४३ वर्षीय भुजेल सहित चार नेपालीले गत वर्ष झूटो विवरणसहितको निवेदन दिएर आवास भिसा नवीकरण गरेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको जापान प्रहरीलाई उदृत गर्दै जापानी समाचार माध्यमहरुले जनाएका छन ।

पक्राउ परेका दुई नेपालीलाई आफूले चिनेको रेष्टुरेन्टमा कर्मचारीका रूपमा अनुमति नलिई निवेदन दिएर भुजेलले बसाइको म्याद थप गरेको टोकियो महानगरीय प्रहरी विभागले जनाएको छ ।
भुजेलले आवेदकहरूलाई दर्ता गर्ने गरेर गत वर्ष मात्र उनले प्रत्येक व्यक्तिले लगभग २ लाख येन लिएर १०० भन्दा बढी व्यक्तिहरूको लागि आवेदन गरेको पाईएको बताईएको छ ।

पक्राउ परेका भुजेलले सोही विधिबाट करिब २ करोड येन आम्दानी गरेको भन्ने बारेमा महानगरीय प्रहरी विभागले अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: