लहानमा कलब फुट किल्निक संचालन नि: शुल्क उपचार हुँदै

महेश सिंह, लहान । सिरहाको लहान नगरपालिका ३ अस्पताल चौकमा कलब फुट किल्निक संकलनमा आएको छ् । दातृ निकायको सहयोगमा संचालन भएको किल्निकमा नि: शुल्क सेवा प्रदान गरीएको छ् ।

कलब फुट किल्निकमा मधेस प्रदेश र प्रदेश नम्बर १ र छिमेकी जिल्ला भारतका बिरामीहरुले सेवा लिदै आएका छन्।किल्निकका आफ्नै भौतिक संरचना उपलब्ध गराउन स्थानीय निकायहरुको सहयोग आवश्यक रहेका छन्।

१८ बर्ष मुनिका बालबालिकाहरुले शारीरिक रूपले अपाङ्ग भएको बालबालिकाहरुलाई निस्शुलक रूपमा उपचार गरिने गरेका कलब फुट किल्निक लहानका इन्चार्ज भोगेन्द्र कुमार महतोले बताए।
बिकलाङ्ग मित्र समुहद्वारा संचालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बनेपा काभ्रे अन्तर्गत संचालित कलब फुट किल्निक लहान ३ अस्पताल चौकमा सन २०१५ जनवरी देखि संचालनमा रहेका छन्। ७ सय भन्दा बढी बालबालिका बिरामीहरुलाई उपचार गर्न सफल किल्निकको रूपमा चिनिएका स्थानीय समाजसेवी गंगा राम महतोले जनाए।

फेसबुकबाट तपाइको प्रतिक्रिया