प्रज्ञा भवनमा प्रधानमन्त्री सहभागी कार्यक्रमा विरोध गर्ने ३ जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक कार्यक्रममा विरोध गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ३ जना युवाहरुले प्रधानमन्त्रीलाई ‘एमसिसिको मतियार’ र ‘नागरिकता विद्येयक खारेज गर’ भन्दै विराेध गरेका छन् ।

प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । प्रधानमन्त्री देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा सहभागी हुन प्रज्ञा भवनमा भएका हुन् ।
पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया