नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं । राष्ट्रिय सभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय पारित भएको छ । बिहीबार राष्ट्रिय सभाले विधेयकलाई बहुमतले पारित गरेको हो ।

राष्ट्रिय सभाका सांसदहरुले राखेको संशोधनका विषयमा गृहमन्त्री बालकृष्ण खाँणले सदनमा जवाफ दिएका थिए । गृहमन्त्रीको जवाफलगत्तै सभामुखले संशोधनकर्ता सांसदहरुलाई उनीहरुले राखेका संशोधन प्रस्तावहरु फिर्ता लिन आग्रह गरेका थिए ।

अधिकांश संशोधनकर्ताहरुले वैवाहिक अंगीकृतहरुका लागि ७ वर्ष समयावधि राख्नुपर्ने माग गरेका थिए। तर ती संशोधन राष्ट्रिय सभाले अस्वीकार गरेको छ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका साथै सत्तापक्षकै केही सांसदहरुले यस्तो संशोधन राखेका थिए । यो विधेयकलाई प्रतिनिधिसभाले साउन ६ गते पारित गरेको थियो  ।  अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक ऐनमा परिणत हुनेछ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि गैरआवासीय नेपाली नागरिकलाई पनि नागरिकता लिने बाटो खुल्नेछ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: