जापानवासी नेपालीलाई प्रचण्डले भने नेपालमा अझै फर्कने बेला भएको छैन

जापान । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले जापानमा रहेको नेपालीको समस्या समाधान गर्न पहल गर्ने बताउनु भयो

टोक्योमा “समृद्ध नेपाल आधार आर्थिक क्रान्ति प्रवासी नेपालीको सरोकार” विषयक आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जापानमा नेपाली दूतावासको भवन र कर्मचारी समस्या समाधानको लागि नेपाल फर्कने वितीक्कै प्रधानमन्त्री, अर्थमन्त्री र सरोकारवाला सँग छलफल गरेर त्यसको समाधानको लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा सम्बोधन क्रममैं अध्यक्ष प्रचण्डले नेपालमा इमानन्दार राजनीतिकर्मी र कर्मचारी भए सुशासन सम्भब हुने बताउदै भ्रष्टचार अन्त्य हुने जिकिर गर्नु भयो ।
जापानको नेपाली मध्ये स्टुडेनको समस्या अलि बढ़ी भएको बताउनु भयो ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजना भएको अन्तरक्रिया पूर्वप्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मञ्चका अध्यक्ष भवानी पन्तको सभापतित्वमा महासचिव बाबुराम पौडेलले संचालन भएको थियो ।

नेपालको विकासमा कर्मचारीतन्त्र नै बाधक बनेको बताउदै नेपाल एउटा अनन्त टुरिजम राष्ट्र हुने सम्भावना रहेको बताउनु भयो । सम्बोधनको अन्तिममा अध्यक्ष प्रचण्डले नेपालमा अझै फर्कने बेला नभएको बताउनु भयो ।

जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदी, गैरआवासीय नेपाली संघका अभियन्ताहरु, संघसंस्थाका प्रतिनिधि लगाएत बाक्लो नेपालीको सहभागि रहेको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया