ओएनएफ जापान गुम्माको अध्यक्षमा मियाँ, अखिल क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य अधिकारी एमाले प्रवेश

जापान । प्रवासी नेपाली मञ्च जापान (ओएनएफ)क्षेत्रीय कमिटी गुम्माको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली मञ्च जापान गुम्मा क्षेत्रको पहिलो अधिवेशन आइतवार सम्पन्न भएको हो ।
प्रथम अधिवेशनबाट अध्यक्षमा नसिर मियाँ चयन भएका छन । अधिवेशनमा अनेरास्ववियु क्रान्तिकारी पूर्व केन्द्रीय सदस्य गणेश अधिकारी लगायत नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका छन । नव प्रबेशीहरुलाई प्रमुख अतिथि सुरेश केसीले स्वागत गरेका छन् ।

सागर भुषालको अध्यक्षतामा सम्पन्न अधिवेसनमा ओएनएफ जापान राष्ट्रिय कमिटि अध्यक्ष केसीको प्रमुख आतिथ्यता, संगठन बिभाग प्रमुख कुल चन्द्र खरेल बिशेष अतिथिसंगै अन्य अतिथिहरुमा कान्तो कमिटि अध्यक्ष बुद्घिराज घिमिरे, राष्ट्रिय कमिटि सदस्य अर्जुन आचार्य र बुद्धि लामा गोले, नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचन, एनआरएनए गुम्मा पुर्व उपाध्यक्ष कृष्ण बहादुर पाण्डे, कान्तोका परशु राम भुषालले कार्यक्रममा शुभकामना मनतव्य दिनु भएको थियो।

कार्यक्रममा धुब्र दाहालको स्वागत मन्तव्य संगै चन्द्र बहादुर नेपालीले समन्वय गरेका थिए । नव निर्वाचित कमिटीको अध्यक्षमा नसिर मिया, उपाध्यक्ष सुमनराज डल्लाकोटी, सचिव चन्द्र बहादुर नेपाली, दुई उपसचिव ममता बिक, दिपेन्द्र गौतम चयन भएका छन ।

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटी गुम्मा सदस्यहरुमा सूर्य शर्मा, खामिर हिट गुरूङ, दिपककाजी थापा, गणेश अर्याल, अजया सुवेदी, बुद्धी गुरूङ, प्रेमप्रसाद आचार्य, शिशिर तमाङ, श्याम थापा, कमल बि।क, सिजन भुषाल, बिराज सुनार, उज्वल लुईटेल, शैलेन थापा चयन भएका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया