जापान विशेष तीज स्पेशल फोटो कन्टेन्स २०२२ सुरु, फोटो पठाउन आह्रान

जापान । फुकु क्रियशनको आयोजना जापान विशेष तीज स्पेशल फोटो कन्टेन्स २०२२ संचालन भएको छ । जापान विशेष तीज स्पेशल फोटो कन्टेन्स २०२२ अगस्ट १९ बाट संचालन हुने भएको छ ।

महिला दिदीबहिनीहरुलाई बिशेष प्राथमिकता दिएर संचालन भएको तीज बिशेष फोटो प्रतियोगिता अगस्ट २९ तारिख सम्म संचालन हुने फुकु क्रियशनकी संचालिका सुनिता श्रीस मगरले जानकारी दिनुभयो ।
जापानीमा फुकु अर्थात् कपडा नामबाट नेपाल र जापानमा ब्यवसायी गरेकी सुनिता मगरले नेपाली उत्पादनलाई जापान बजार र प्रवासमा नेपाली संस्कृतिलाई संरक्षण गर्न फोटो प्रतियोगिता आयोजना गरेको बताईन ।
आज अगस्ट १९ बिहान १ बजेबाट फोटो पोस्ट गर्ने भएकोले फोटो ईमेल अथवा FUKU CREATION को पेजमा फोटो पठाउन आह्रान गरेको छ ।

यस्तो छ सूचना र नियम ।
FUKU CREATION TEEJ SPECIAL PHOTO CONTEST 2022
नियमहरू :-
१,प्रतियोगीले फोटो पठाउँदा तीज वा नेपाली संस्कृति झल्कने खालको पहिरन हुनुपर्ने छ ।
२,प्रतियोगीले fuku Creation FB Page Like,share गरेको हुनुपर्ने छ ।
३,फोटो र 服fuku creation को Fb Page र fukucreation@gmail.com मा नाम,थर र ठेगाना सहित पठाउनु पर्नेछ ।
४, विजेता घोषणा पेजमा फोटोको likes को आधारमा छनोट गरिने छ ।
५,जापानबासी नेपाली तथा गैरनेपाली सबैले यस प्रतियोगितामा भाग लिन पाउने छन ।
६,फोटो अनुहार देखिने एकल वा जोडीलाई पनी मान्यता दिईने छ ।
७, मेन्सन, कमेण्ट र शेयर जती पनि गर्न पाउने छ ।
८, likes को मान्यता १२ भाद्र २०७९ अर्थात् 28 August 2022 Japan Time 6:00pm सम्म मान्य हुनेछ ।
९,कार्यक्रमको घोषणा सभा एक कार्यक्रमको बीच भाद्र १३ गते 29 August 2022 दर खानेदिन साँझ इकेकुबुरो टोकियोबाट गरिने छ ।
१०, कसैले page boost गरेमा वा auto react use गरेको थाह भएमा निजलाई प्रतियोगीबाट हटाईने छ ।
विजेतालाई निम्न पुरस्कारको व्यवस्था गरिएको छ :-
1st Prize : Lehenga Choli set+Dhaka choli saree set+Token of love
2nd Prize – dhaka choli saree set+anarkali Kurtha set+Token of love
3th Prize – Dhaka choli saree set+kurtha set +Token of love

नोट : उल्लेखित शर्तहरू अनिवार्य लागू हुनेछ । @सूचना

फेसबुकबाट तपाइको प्रतिक्रिया