
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् ।
बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् । अहिलेसम्म हामीले भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उत्पादनका लागि नयाँ युग सुरु हुन्छ’ खनालले भने ।
चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए । ‘मैले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको थिएँ, कुराकानीमा केही प्रगति भएको छ’ उनले भने, ‘परराष्ट्रमन्त्रीलाई पनि भनेको थिएँ, उहाँले पनि केही कुराकानी गरेको संकेत पाएको थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया