
जापान । प्रवासी नेपाली मञ्च जापानको २१ औं राष्ट्रिय अधिवेशन सेटेम्बर ४ तारिख हुने भएको छ । नेकपा(एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको सेटेम्बर ४ तारिख हुने २१ औं राष्ट्रिय अधिवेशनको तयारी तीव्र बनाएको हो ।
‘समृद्ध नेपाल सुःखी नेपालीको लागि प्रवासी अभियान ! अराजकताको अन्त्य, जुझारु संगठन निर्माणको लागि २१ औं राष्ट्रिय अधिबेशन’ भन्ने नाराको साथ २१ औं राष्ट्रिय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सुरेश केसीले जानकारी दिनुभयो ।
जापानको टोक्योस्थित कामतामा हुने प्रवासी नेपाली मञ्च जापानको २१ औं राष्ट्रिय अधिवेशनमा जापानभरबाट ६ सय प्रतिनिधी सहभागी हुने संगठन बिभाग प्रमुख कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।
त्यसै गरि मञ्चको २१ औं राष्ट्रिय अधिवेशन सफल बनाउन हल ब्यवस्थापन, स्वयंसेवक तथा अतिथि, प्रतिनिधीहरुको चुस्तदुस्त ब्यवस्थापनको लागि कामहरु अन्तिम चरणमा पुगेको प्रचार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया