रामेछाप एमालेबाट पर्शुराम बस्नेत प्रदेश सदस्यको लागि प्रत्यक्षमा सिफारिस

रामेछाप । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सदस्य प्रत्यक्षका लागि नेकपा एमाले रामेछापले नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले रामेछाप समाज जापानका संरक्षक पर्शुराम बस्नेतलाई रामेछाप प्रदेश ‘क’ प्रत्यक्षमा सिफ़ारिस गरेको हो ।

बागमती प्रदेश सभा सदस्य समेत रहनुभएको एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज कैलाशप्रसाद ढुङ्गेल सहित पाँच जनाको नाम प्रतिनिधी सभा सदस्यमा सिफारिस गरेको हो ।
बैठकले एमाले केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेल, बागमती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतम, कमलप्रसाद चौलागाईँ र केशरबहादुर बुढाथोकीको नाम प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फ सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ एमाले केन्द्रीय सदस्य गीता कार्की, नाम्गेल शेर्पा, धनमाया सार्की र यसिमा महतको नाम सिफारिस गरेको छ ।
बैठकले प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फ शान्तिप्रसाद पौडेल, पर्शुराम बस्नेत, अर्जुनकुमार कार्की, उद्धव प्रसाद कडरिया, अनिल कार्की, कुमार कार्की, बुद्धिबहादुर कार्की र केशर पौडेलको नाम सिफारिस गर्दा समानुपातिक तर्फ २ जनाको नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रदेश सभा ख निर्वाचन क्षेत्रबाट प्रत्यक्षमा प्रेमबहादुर तामाङ, भुवन विक्रम घिमिरे, इन्द्रबहादुर तामाङ, मिलन घिसिङ र रविन्स लामाको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ ।
रामेछापमा एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि आगामी निर्वाचन हुनेछ ।

रामेछाप समाज जापानका संस्थापक, सफल युवा व्यवसायी पर्शुराम बस्नेत जापानमैं अध्ययन सकेर, जापानी कम्पनीमा केहि समय कर्मचारीको रूपमा काम गरी पछि आफैले साझेदार ब्यवसायी सुरु गरेका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्वप्रवक्ता बस्नेत एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानमा समेत काम गरेका थिए ।
हाल जापान र नेपालको काठमाडौं समेत ट्राभल र रेष्टुरेण्ट व्यवसायी गर्दै आउनु भएका बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य समेत हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया