काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्य तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।
असोज ४ देखि ९ गतेसम्म आयोगले बन्दसूचीमाथि छानबिन गर्नेछ। सो कानुनअनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने तालिका छ। दलहरूले बन्द सूची संशोधन गरी असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने तालिकामा उल्लेख छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया