संगिता पहरीको मार्मिक गीत परदेशीको दशैं तिहार सार्वजनिक

काठमाडौं । संगीत क्षेत्रमा अध्ययनरत गायिका संगिता पहरीको परदेशीको दशै तिहार सार्वजनिक भएको छ । गायिका  पहरी र गौरब शर्माले स्वर रहेको परदेशीको दशै तिहार सार्वजनिक भएको हो ।
उक्त गीतमा गायक गौरब शर्माको शब्द संगीत रहेको छ । दिनेश बहकदासको एरेन्ज र मिक्समा निर्माण गरिएको गीत द पिक स्टुडियोमा रेकर्ड गरिएको गायिका ‘संगिता पहरी’ले जानकारी दिईन ।

बाध्यताले विदेशिनु परेको र दशैं परिवारसँगै मनाउन नपाउदाको मार्मिक विषयलाई गीतमा समेटिएको छ । गीतको भिडियोमा गौरब शर्मा र करिष्मा पहरीको मुख्य भुमिका रहेको छ ।
गोपाल खड्काको छायाँङ्कनमा निर्माण भएको गीत रंग एवं सम्पादन दिनेश मुस्कानले गरेका छन् । हिमचुली लोक मज्जरीले निर्माण गरेको भिडियोको परिकल्पना, कथा र निर्देशन चन्द्र कुमार तामाङले गरेका छन् ।

उक्त गीत संगिता पहरीको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: